• ट्रेण्डिङ्ग :
रेशमले पार्टीलाई व्यक्तिगत स्वार्थ पूरा गर्ने हतियार बनाए : सुरेन्द्र चौधरी

रेशमले पार्टीलाई व्यक्तिगत स्वार्थ पूरा गर्ने हतियार बनाए : सुरेन्द्र चौधरी


  • 4.1K
    SHARES
    • भाद्र २३, २०८० शनिबार
    • ३ बर्षs अघि
    • 6.4K Views

    रेशमले पार्टीलाई व्यक्तिगत स्वार्थ पूरा गर्ने हतियार बनाए : सुरेन्द्र चौधरी

    धनगढी २३ भदौ/ नागरिक उन्मुक्ति पार्टी परित्याग गरेका नेता सुरेन्द्र चौधरीले पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टीलाई व्यक्तिगत स्वार्थपूर्तिको हतियार बनाएको आरोप लगाएका छन् ।

    images

    शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले रेशमले समाजलाई उत्तेजित पारी व्यक्तिगत फाइदा उठाउन लागेपछि पार्टी छाडेको बताए ।

    टीकापुर घटनाका निर्दोषको न्यायका लागि लड्ने र संविधानले दिएको समावेशिताको अधिकारका लागि पहल गर्ने उद्देश्यले पार्टी स्थापना गरे पनि परिवाद हावी भएको उनले बताए ।

    ‘उहाँ ९रेशम चौधरी० लाई आफू छुट्नुु थियो,  श्रीमतीलाई मन्त्री बनाउनु थियो । त्यसैले राजनीतिक रुपमा समाज र चेतनास्तर कम भएका थारुहरुलाई उत्तेजित बनाएर व्यक्तिगत स्वार्थ पूरा गर्ने नियत देखाएपछि पार्टी त्यागेको हुँ’, सुरेन्द्रले भने । अनलाइन खवर


    तेस्रो आँखा