• ट्रेण्डिङ्ग :
चुम्बन विवादमा परेका स्पानिस फुटबल महासंघका अध्यक्ष रुबियल्सले दिए राजीनामा

चुम्बन विवादमा परेका स्पानिस फुटबल महासंघका अध्यक्ष रुबियल्सले दिए राजीनामा


  • 3.1K
    SHARES
    • भाद्र २५, २०८० सोमबार
    • ३ बर्षs अघि
    • 4.7K Views

    चुम्बन विवादमा परेका स्पानिस फुटबल महासंघका अध्यक्ष रुबियल्सले दिए राजीनामा

    काठमाडौं । चुम्बन विवादमा परेका स्पानिस पुटबल महासंघका अध्यक्ष लुइस रुबियल्सले अन्तत: राजीनामा दिएका छन् ।

    images

    महिला विश्वकप फाइनलमा इंग्ल्याण्डलाई १-० ले हराएर स्पेनले उपाधि जितेपछि पुरस्कार वितरण समारोहमा रुबियल्सले स्पानिस फरवार्ड जेनीफर हेर्मोसोलाई चुम्बन गरेका थिए ।

    ३३ वर्षीया हेर्मोसोले गत मंगलबार यो सहमतिमा नभएको भन्दै रुबियल्सविरुद्ध अदालतमा उजुरी दिएकी थिइन् ।

    रुबियल्सले कार्यवाहक अध्यक्ष पेड्रो रोचालाई आफूले राजीनामा बुझाएको स्टेटमेन्टमार्फत जनाएका छन् ।

    ‘म मेरो कामलाई निरन्तरता दिन सक्दिन,’  उनले एक टेलिभजन सो मा पिएर्स मोर्गनलाई भनेका छन्न् ।

     ४६ वर्षीय रुबियल्सले यूईएफएको उपाध्यक्ष पदबाट समेत राजीनामा दिएका छन् ।

    रुबियल्सको चुम्बन विवादले गर्दा पहिलो पटक विश्वकप जितेको स्पानिस फुटबलको चर्चा छायामा परेको छ ।

    रुबियल्सले चुम्बन आपसी र सहमतिमा भएको बताउँदै आएका थिए तर विश्व पुटबलको सर्वोच्च निकाय फिफाले भने उनलाई प्रारम्भिक रुपमा निलम्बन गरेको थियो ।

    ‘फिफाले गरेको निलम्बन र मविरुद्धको बाँकी खुला कारबाही पछि यो स्पष्ट छ कि म आफ्नो स्थितिमा फर्कन सक्षम हुनेछैन,’ रुबियल्सको विज्ञप्तिमा भनिएको ।


    तेस्रो आँखा