• ट्रेण्डिङ्ग :
नेपाल र म्यानमारबीच दोस्रो मैत्रीपूर्ण खेल आज हुँदै

नेपाल र म्यानमारबीच दोस्रो मैत्रीपूर्ण खेल आज हुँदै


  • 3.0K
    SHARES
    • भाद्र २५, २०८० सोमबार
    • ३ बर्षs अघि
    • 4.6K Views

    नेपाल र म्यानमारबीच दोस्रो मैत्रीपूर्ण खेल आज हुँदै

    काठमाडौं २५ भदौ/ नेपाल र म्यानमारबीच दोस्रो मैत्रीपूर्ण फुटबल खेलआज हुँदैछ । खेल म्यानमारको यांगुनस्थित मैदानमा नेपाली समयअनुसार अपराह्न सवा चार बजे सुरु हुनेछ । शुक्रबार भएको पहिलो खेल गोलरहित बराबरी सकिएको थियो ।

    images

    पहिलो खेलमा नेपालका अन्जन विष्टले पेनाल्टीमा गोल गर्न नसक्दा नेपाल जितबाट बन्चित भएको थियो । फिफा वरीयतामा १५ स्थान माथि रहेको म्यानमारविरुद्ध नेपालले पहिलो खेलकै प्रदर्शनलाई निरन्तरता दिने योजनामा छ । वरीयतामा नेपाल १७५ र म्यानमार १६०औं स्थानमा छ ।

    राष्ट्रिय टिमका अधिकांक खेलाडीहरु विदेश पलायन भएपछि नेपालका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बेर्टो एनेसले नयाँ र युवा खेलाडीलाई समेट्दै म्यानमार गएका थिए । जहाँ उनले पहउलो खेलमा दुई खेलाडीलाई डेब्युमो अवसर दिए ।

    त्रिभुवन आर्मी एफसीका जिलेस्पीजंग कार्कीले म्यानमारविरुद्ध पहिलो रोजाइमै खेल्दै डेब्यु गरेका थिए भने जावलाखेल युथ क्लब फरवार्ड हिसुब थपलिया दोस्रो हाफमा अन्जन विष्टको स्थानमा मैदान प्रवेश गर्दै डेब्यु गरेका थिए ।


    तेस्रो आँखा