• ट्रेण्डिङ्ग :
अध्यक्ष नेपालद्वारा दुःख व्यक्त

अध्यक्ष नेपालद्वारा दुःख व्यक्त


  • 1.8K
    SHARES
    • भाद्र २६, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 2.7K Views

    अध्यक्ष नेपालद्वारा दुःख व्यक्त

    काठमाडौं । काठमाडौँ, २६ भदौ स् नेकपा [एकीकृत समाजवादी]का अध्यक्ष माधवकुमार नेपालले  गए राति निधन हुनुभएका नेकपा [एमाले] का उपाध्यक्ष एवं संसदीय दलका उपनेता स्व सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जलि प्रकट गर्नुभएको छ ।

    images

    महाराजगन्जस्थित शिक्षण अस्पतालमा आज बिहान पुगेर अध्यक्ष नेपालले स्व नेम्वाङको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो ।  संविधानसभाका अध्यक्ष  नेम्वाङको पार्थीव शरीर केहीबेरपछि पार्टी केन्द्रीय कार्यालयमा लगिने एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।

    नेम्वाङको पार्थीव  शरीर आज दिनभर पार्टी कार्यालयमा राखिने र बुधबार अन्त्येष्टि गरिने जनाइएको छ । एमाले उपाध्यक्ष नेम्वाङको गए राति आफ्नै निजी निवास बालुवाटारमा हृदयघात भएको थियो । उपाध्यक्ष नेम्वाङको निधनबारे जानकारी लिन पार्टी नेता तथा कार्यकर्ता अस्पताल पुग्नुभएको छ ।


    तेस्रो आँखा