• ट्रेण्डिङ्ग :
सुवास नेम्वाङको निधनले मर्माहत भएको छु : प्रधानमन्त्री

सुवास नेम्वाङको निधनले मर्माहत भएको छु : प्रधानमन्त्री


  • 3.3K
    SHARES
    • भाद्र २६, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 5.1K Views

    सुवास नेम्वाङको निधनले मर्माहत भएको छु : प्रधानमन्त्री

    काठमाडौं २६ भदौ/ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनले आफू मर्माहत भएको बताएका छन् । आज बिहानै हृदयघातका कारण नेम्वाङको निधन भए लगत्तै ट्वीट गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

    images

    प्रधानमन्त्री प्रचण्डले नेम्वाङप्रति श्रद्धाञ्जली प्रकट गर्दै परिवारप्रति समवेदना व्यक्त गरेका छन् । ट्वीटमा उनले दिवंगत नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन् ।

    संविधानसभाका अध्यक्ष तथा पूर्व सभामुख कमरेड सुवास नेम्वाङको असामयिक निधनको खबरले मर्माहत भएको छु । दिवंगत कमरेड नेम्वाङप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।


    तेस्रो आँखा