काठमाडौं, २६ भदौ । नेपाली राष्ट्रिय यू–१९ टिमका लागि २५ खेलाडी छनोट भएका छन् । यू–१९ टिमका मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले मंगलबार ३४ जनाबाट २५ खेलाडी छनोट गरेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
नेपाल यू–१९ फुटबल टिम अहिले काठमाडौंमै हुने साफ यू–१९ च्याम्पियनसिपको तयारीमा छ । च्याम्पियनसिप यही सेप्टेम्बर २१ देखि ३० सम्म काठमाडौंमा आयोजना हुनेछ ।
नेपाली टिम अन्र्तगत गोलकिपरमा जियारथ शेख, रुबिन बोगटी, अमित टमाटा, डिफेण्डरमा सेमान्त थापा, विशाल नेपाली, विक्रम तामाङ, आयुष तिम्सिना, अश्विन घोरासइने, दिपक थापा मगर, निनसाङ्ग पाराङ्देन (लिम्बु), निशान्त तामाङ, गौरव महर्जन रहेका छन् । त्यस्तैगरी मिडफिल्डरमा कुशल देउवा, लक्षु थापा, प्रशान्त लक्सम, अबिनास स्याङ्तान, अनिल बोम्जन, धन सिंह बिके, हरिस राज भट्ट, निरज कार्की, नेल्सन तामाङ र फरवार्डमा समिर तामाङ, निराजन धामी, सुजन डंगोल, सिद्दार्थ अधिकारी रहेका छन् ।
