• ट्रेण्डिङ्ग :
तुलसीपुर र दंगीशरणमा पालिका स्तरिय एथलेटिक्स संघ गठन 

तुलसीपुर र दंगीशरणमा पालिका स्तरिय एथलेटिक्स संघ गठन 


  • 3.8K
    SHARES
    • भाद्र २६, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 5.8K Views

    तुलसीपुर र दंगीशरणमा पालिका स्तरिय एथलेटिक्स संघ गठन 

    लक्ष्मण बस्नेत दाङ २६ भदौ/ तुलसीपुर नगर एथलेटिक्स संघको अध्यक्षमा सिमान पाण्डे चयन भएका छन् । दाङ जिल्ला एथलेटिक्स संघका अध्यक्ष तथा केन्द्रिय प्रतिनिधि गीता बस्नेत राईको अध्यक्षता एवं तुलसीपुर उपमहानगरपालिका युवा तथा खेलकुद समितिका संयोजक शिवानन्द डाँगीको रोहवरमा मंगलवार भएको भेलाले सिमान पाण्डे अध्यक्ष रहेको ७ सदस्यीय तुलसीपुर नगर एथलेटिक्स संघ गठन गरेको हो । जसको उपाध्यक्षमा अरुणा रिजाल, सचिव सन्तोष खड्का, कोषाध्यक्ष विश्वास चौधरी छन् ।

    images

    त्यस्तै सदस्यहरुमा स्माईल अन्सारी, हेमन्त कडेल (हिमाल) र सुरज केसी रहेका छन् । त्यस्तै जिल्ला अधिवेशन प्रतिनिधिका लागि सिमान पाण्डे र हेमन्त कडेल हिमाल लाई प्रतिनिधि पठाउने निर्णय भएको छ । यसैबीच दंगीहरण गाउँपालिका एथलेटिक्स संघको अध्यक्षमा जितेन्द्र डाँगी चयन भएका छन् । दाङ जिल्ला एथलेटिक्स संघका अध्यक्ष तथा केन्द्रिय प्रतिनिधि गीता बस्नेत राईको अध्यक्षता एवं दंगीहरण गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बिनोद अधिकारीको रोहवरमा आजै भएको भेलाले जितेन्द्र डाँगी अध्यक्ष रहेको ९ सदस्यीय दंगीहरण गापा एथलेटिक्स संघ सर्वसहमतिले गठन गरेको हो । जसको उपाध्यक्षमा बेद बहादुर डाँगी, सचिब रेशम केसी, कोषाध्यक्ष सरिता बस्नेत छन् ।

    त्यसैगरी सदस्यहरुमा प्रदिप चन्द,थकाराम वलि,पदम बहादुर बस्नेत राधा बुढाथोकी र सुचना चौधरी रहेका छन् । त्यस्तै जिल्ला अधिवेशन प्रतिनिधीमा जितेन्द्र डाँगी र प्रदिप चन्द लाई पठाउने निर्णय भएको छ । भेलामा दंगीहरण गाउँपालिका शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख बिनोद अधिकारी, दाङ जिल्ला एथलेटिक्स संघका अध्यक्ष तथा केन्द्रिय प्रतिनिधि गीता बस्नेत राई, एथलेटिक्स प्रशिक्षक पद्मा चौधरी लगाएतले बधाई तथा शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । सो अवसरमा एथलेटिक्स खेल विद्याका खेलाडी तथा खेलप्रेमिको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन दाङ जिल्ला एथलेटिक्स संघका सचिब लक्ष्मण बस्नेतले गरेका थिए ।


    तेस्रो आँखा