• ट्रेण्डिङ्ग :
गणित, विज्ञान र कम्प्युटर विषय नेपालीमा पढाउन नपाइने

गणित, विज्ञान र कम्प्युटर विषय नेपालीमा पढाउन नपाइने


  • 5.5K
    SHARES
    • भाद्र २७, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 8.4K Views

    गणित, विज्ञान र कम्प्युटर विषय नेपालीमा पढाउन नपाइने

    काठमाडौं, २७ भदौ । विद्यालय शिक्षासम्बन्धी कानुनलाई सम्बोधन र एकीकरण गर्न बनेको विधेयकमा विद्यालयहरुले अबदेखि गणित, विज्ञान र कम्प्युटर विषय नेपाली भाषामा पढाउन नपाउने व्यवस्था गरिएको छ ।

    images

    यी विषयहरु अंग्रेजी भाषामा मात्र पढाउने व्यवस्था विधेयकमा राखिएको छ । विधेयक बुधबार संसद् सचिवालयमा दर्ता गरिएको छ । “शिक्षणको माध्यम भाषा नेपाली, संस्कृति, मातृभाषा वा अंग्रेजी हुन सक्ने, त्यसमध्ये गणित, विज्ञान र कम्प्युटर विषय अंग्रेजी भाषामा अध्यापन गराउनु पर्ने,” विधेयकमा उल्लेख छ ।

    सामाजिक अध्ययनका विषय नेपाली वा मातृभाषामा अध्यापन गराउनु पर्ने व्यवस्था विधेयकमा छ । “यसबाट पठनपाठन प्रभावकारी हुनुका साथै उच्च शिक्षामा प्राविधिक विषय अध्ययन गर्नेलाई सहज हुन जानेछ,” विधेयकमा भनिएको छ ।


    तेस्रो आँखा