• ट्रेण्डिङ्ग :
महाकाली नदीमा हाम फालेका एक जना बेपत्ता

महाकाली नदीमा हाम फालेका एक जना बेपत्ता


  • 6.4K
    SHARES
    • भाद्र २८, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 9.9K Views

    महाकाली नदीमा हाम फालेका एक जना बेपत्ता

    धनगढी, २८ भदौ । दार्चुलामा महाकाली नदीमा हाम फालेर एक जना व्यक्ति बेपत्ता भएका छन् । जिल्लाको सदरमुकाम खलंगास्थित नेपाल–भारत जोड्ने झोलुङ्गे पुलबाट बिहीबार बिहान महाकाली नदीमा हाम फालेर एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

    images

    दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) शिवबहादुर सिंहले महाकाली नगरपालिका–१ को लास्कु बस्ने ४५ वर्षीय ज्ञानीराम भुल महाकाली नदीमा बेपत्ता भएको जानकारी दिए । उनकाअनुसार बिहीबार बिहान भारत जान्छु भन्दै झोलुङ्गे पुलबाट पारीपट्टि पुगेका भुलले फर्किएर पुलको बीच भागबाट नदीमा हाम फालेका हुन् ।

    नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले बेपत्ता भुलको खोजी कार्य गरिरहेको छ । सुरक्षा स्रोतकाअनुसार खलंगाबाट भारतीय बजार धारचुला जाँदै गरेका भुलसँग भारतीय सीमा सुरक्षा बल एसएसबीले पहिचान खुल्ने कागजपत्र मागेका थिए तर परिचय खुल्ने कागजपत्र साथमा नभएपछि एसएसबीले नेपालतर्फ फर्काएको थियो ।

    एसएसबीले फर्काएपछि भुलले महाकालीमा हाम फालेका थिए । डीएसपी सिंहले एसएसबीले नेपालतर्फ फर्काएको विषयमा औचापरिक रुपमा जानकारी प्राप्त नभएको बताए ।


    तेस्रो आँखा