• ट्रेण्डिङ्ग :
क्यानको अधिवेशन असोज ५ र ६ गते हुने

क्यानको अधिवेशन असोज ५ र ६ गते हुने


  • 2.7K
    SHARES
    • भाद्र २८, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 4.2K Views

    क्यानको अधिवेशन असोज ५ र ६ गते हुने

    काठमाडौं, २८ भदौ । नेपाल क्रिकेट संघ क्यानको केन्द्रीय साधारण सभा तथा अधिवेशन असोज ५ र ६ गते हुने भएको छ । नेपाल क्रिकेट संघ क्यानले आज बिहीबार निकालेको सूचना अनुसार अधिवेशन काठमाडौंको नयाँ बानेश्वरमा हुनेछ ।

    images

    यो अधिवेशनले क्यानको नयाँ नेतृत्वसमेत चयन गर्ने छ । अधिवेशनमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य, प्रादेशिक क्रिकेट संघ, जिल्ला क्रिकेट संघ, नेपाल अम्पायर्स तथा कोरर्स संघ र नेपाल क्रिकेट प्रशिक्षक संघबाट चयन भएका प्रतिनिधिहरुले भाग लिन पाउने छन् ।

    केन्द्रीय अधिवेशनअघि जिल्ला तथा प्रदेश अधिवेशनहरु भइसकेको क्यानले जनाएको छ । क्यानको आगामी नेतृत्वका लागि वर्तमान अध्यक्ष चतुरबहादुर चन्दले नै दोहोरिने तयारी गरेका छन् । कोषाध्यक्ष रोशनकुमार सिंहले पनि अध्यक्षमा उठ्ने बताएका छन् ।


    तेस्रो आँखा