• ट्रेण्डिङ्ग :
प्रतिनिधिसभा बैठकबाट शोक प्रस्ताव पारित

प्रतिनिधिसभा बैठकबाट शोक प्रस्ताव पारित


  • 3.3K
    SHARES
    • भाद्र २८, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 5.1K Views

    प्रतिनिधिसभा बैठकबाट शोक प्रस्ताव पारित

    काठमाडौं २८ भदौ/ प्रतिनिधिसभाले संविधानसभाका अध्यक्ष, पूर्वसभामुख एवम् प्रतिनिधिसभा सदस्य सुवास चन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

    images

    प्रतिनिधिसभाको आज बसेको बैठकले संविधानसभा अध्यक्ष पूर्वसभामुख एवम् प्रतिनिधिसभा सदस्य स्वर्गीय नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको हो । बैठकमा स्वर्गीय नेम्वाङको आत्माको चिर शान्तिका लागी एक मिनेट मौन धारण गरिएको थियो ।

    बैठकमा सभामुख देवराज घिमिरेले  संविधानसभाका अध्यक्ष, पूर्वसभामुख एवम् प्रतिनिधिसभा सदस्य नेम्वाङको निधन भएकोमा शोक प्रस्ताव प्रस्तुत गरेका थिए ।

    संविधानसभाका अध्यक्ष, पूर्वसभामुख एवम् प्रतिनिधिसभा सदस्य नेम्वाङको मङ्गलवार राती निधन भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक भदौ २९ गते  शुक्रबार दिनको १ बजे बस्नेछ ।


    तेस्रो आँखा