• ट्रेण्डिङ्ग :
आज काठमाडौंमा राप्रपा नेपालले प्रदर्शन गर्ने

आज काठमाडौंमा राप्रपा नेपालले प्रदर्शन गर्ने


  • 2.9K
    SHARES
    • भाद्र २९, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 4.5K Views

    आज काठमाडौंमा राप्रपा नेपालले प्रदर्शन गर्ने

    काठमाडौं २९ भदौ/ राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आज बिरोध प्रदर्शन गर्दैछन् । भर्खरै संबैधानिक राजतन्त्रको अजेन्डामा फर्किएको कमल थापा नेतृत्वको राप्रपा नेपालले काठमाडौंमा प्रदर्शन गर्न लागेको हो ।

    images

    संबैधानिक राजतन्त्रको पुर्नस्थापना, हिन्दु राष्ट्रको माग र संघियताको खारेजी तथा भ्रष्टचारको बिरोधमा राप्रपा नेपालले काठमाडौंमा प्रदर्शन गर्न लागेको सो पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

    उनका अनुसार भदौं २९ गते दिउँसो १ बने भद्रकालीबाट प्रदर्शन सुरु हुने र भृकुटीमण्डपमा आएर बिरोधसभामा परिणत हुनेछ। उक्त सभालाई अध्यक्ष थापालगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।


    तेस्रो आँखा