दाङ २९ भदौ/ दाङमा छोराले बाबुको हत्या गरेका छन् । गएराती घोराही उपमहानगरपालिका ५ दलजितपुर निवासी २८ वर्षीय छोरा सन्तोष केसीले ५१ वर्षीय बाबू प्रेमबहादुर केसीको हत्या गरेको दाङ प्रहरीले जनाएको छ ।
मादक पदार्थ सेवन गरेको छोराको निर्घात कुटपिटबाट गम्भीर घाइते भएका बाबुको उपचारका क्रममा मृत्यु भएको दाङका प्रहरी प्रमुख रामबहादुर केसीले जानकारी दिए । कुटपिटमा संलग्न छोरो सन्तोष केसीलाई प्रहरीले नियन्त्रणमा लिएको र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
