• ट्रेण्डिङ्ग :
मलेसियामा हुने एसीसी यू-१९ प्रिमियर कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

मलेसियामा हुने एसीसी यू-१९ प्रिमियर कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा


  • 3.8K
    SHARES
    • भाद्र २९, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 5.9K Views

    मलेसियामा हुने एसीसी यू-१९ प्रिमियर कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

    काठमाडौं २९ भदौ/ मलेसियामा आयोजना हुने एसीसी यू-१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताका लागि नेपालले प्रारम्भिक टोलीको घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो ।

    images

    मलेसियाले आगामी अक्टोबर १२ देखि २४ तारिखसम्म प्रिमि यर कप आयोजना गर्दैछ । प्रतियोगितामा १६ टिमको सहभागिता रहने छ । ५० ओभरको प्रिमियर कप पाकिस्तानमा यसै वर्ष आयोजना हुने एसीसी यू-१९ एसिया कपका लागि छनोट प्रतियोगिताको रुपमा समेत रहेको छ । यस प्रतियोगिताको शीर्ष ३ टिमले एसिया कपमा स्थान सुरक्षित गर्नेछन् ।

    प्रतियोगिताका लागि नेपाल समूह ‘ए’ मा रहेको छ । यस समूहमा बहराइन, साउदी अरेविया र इरान पनि रहेका छन् । समूह ‘बी’ मा यूएई, ओमान, कतार र चीन रहेका छन् भने समुह ‘सी’ मा सिंगापुर, कुवेत, थाइल्यान्ड र माल्दिभ्स तथा समूह ‘डी’ मा हङकङ, आयोजक मलेसिया, जापान र इन्डोनेसिया रहेका छन् ।

    क्रिकेट प्रतियोगिताका लागि नेपाली प्रारम्भिक टोलीमा आकाश त्रिपाठी, अर्जुन कुमाल, दिपक बोहरा, दीपक बोहरा, उत्तम थापा मगर, दिपक डुम्ब्रे, दिपेश कँडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, देव खनाल, सुभाष भण्डारी, विशाल केसी, मिलन बोहरा, प्रज्वल थापा, तुलबहादुर थापा, निर्मल गुरुङ, राजेश यादव, विपिन रावल, उनिश सिंह ठकुरी, अशोक पौडेल, अभिनाश तिवारी, नरेन भट्ट र निरज यादव रहेका छन् ।

     


    तेस्रो आँखा