• ट्रेण्डिङ्ग :
गएराती काठमाडौँको गैह्रीगाउँमा ४ जनाको हत्या

गएराती काठमाडौँको गैह्रीगाउँमा ४ जनाको हत्या


  • 22.3K
    SHARES
    • भाद्र ३०, २०८० शनिबार
    • ३ बर्षs अघि
    • 34.3K Views

    गएराती काठमाडौँको गैह्रीगाउँमा ४ जनाको हत्या

    काठमाडौं ३० भदौ/ काठमाडौँको तीनकुने स्थित गैह्रीगाउँमा ४ जनाको हत्या भएको छ । धारिलो हतियार ‘खुकुरी’ प्रहार गरेर हत्या गरेको अवस्थामा चार जनाको शव भेटिएको छ ।

    images

    मृत्यु हुनेमा २ महिला र दुई जना पुरुष छन् ।  गैह्रीगाउँ स्थित दिव्य सः मिल भित्र ४ जनाको शव फेला परेको उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले बताए । उनले भने–‘धारिलो हतियार प्रहार गरेर हत्या गरेको अवस्थामा चार जनाको शव भेटिएको छ ।

    ’ हत्या हुनेमा दोलखा घर भएका ३ जना र १ जना धनकुटाका छन् । गए राति १२ बजेतिर घटना भएको बताइएको छ । घटनाको अनुसन्धानमा उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृतहरू खटिएका छन् ।

     


    तेस्रो आँखा