• ट्रेण्डिङ्ग :
भारतविरुद्ध बंगलादेशको रोमाञ्चक जीत

भारतविरुद्ध बंगलादेशको रोमाञ्चक जीत


  • 3.6K
    SHARES
    • भाद्र ३०, २०८० शनिबार
    • ३ बर्षs अघि
    • 5.6K Views

    भारतविरुद्ध बंगलादेशको रोमाञ्चक जीत

    एजेन्सी ३० भदौ/ एसीसी एसिया कपअन्तर्गत  क्रिकेटमा बंगलादेशले भारतलाई पराजित गरेको छ । गएराति भएको अन्तिम सुपर फोर खेलमा बंगलादेशले भारतविरुद्ध ६ रनको रोमाञ्चक जीत हात पारेको हो । फाइनलमा पुग्न नसके पनि बंगलादेशले भारतलाई हराउँदै एसिया कपको सुखद् अन्त्य गरेको छ ।

    images

    बंगलादेशले दिएको २६६ रनको लक्ष्य पछ्याएको भारत ४९ दशमलब ५ ओभरमा २५९ रन बनाएर अलआउट भयो । भारतका लागि ओपनर शुभमन गिलले १२१ रनको शतकीय पारी खेले पनि टोलीलाई जीत दिलाउन भने सकेनन् । 
    बंगलादेशका लागि मुस्ताफिजुर रहमानले ३ तथा तन्जिम हसन र महिदी हसनले समान २र२ विकेट लिए । त्यसअघि हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २६५ रन बनाएको थियो ।


    तेस्रो आँखा