• ट्रेण्डिङ्ग :
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति गगनको असन्तुष्टि

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति गगनको असन्तुष्टि


  • 2.9K
    SHARES
    • भाद्र ३०, २०८० शनिबार
    • ३ बर्षs अघि
    • 4.4K Views

    प्रधानमन्त्रीको अभिव्यक्तिप्रति गगनको असन्तुष्टि

    काठमाडौं ३० भदौ/ सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कान्ति बाल अस्पतालमा बालिका मृत्युसम्बन्धी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गरेका छन् । स्वास्थ्य संस्थामाथि नै हिंसात्मक घटना भइरहँदा पनि प्रधानमन्त्रीले सो अस्पतालको बालिका मृत्यु प्रकरणलाई सामसुम पार्ने ढङ्गले संसद्मा आफ्नो अभिव्य क्ति दिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन् ।

    images

    उनले प्रधानमन्त्री प्रचण्डले सो प्रकरणमा किटान गरिएका दोषीलाई कारबाही गर्ने ढङ्गले अभिव्यक्ति नदिएकोमा आपत्ति जनाए । शुक्रबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले सो घटना कान्ति बाल अस्पतालको व्यवस्थापकीय कमजोरीका कारण हुन गएको बताएका थिए । पूर्वस्वास्थ्यमन्त्री समेत रहेका थापाले किटान गरेका दोषीलाई कारबाही हुनेगरी प्रधानमन्त्रीले अभिव्यक्ति नदिएको र संसद्मा पनि आफूलाई बोल्ने अवसर नदिएको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।

    उनले घटनामा संलग्न जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेका छन् । महामन्त्री थापाले मकवानपुरमा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई पनि तत्काल हिरासतमा लिएर कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई दबाब दिए । नागरिकलाई स्वास्थ्य संस्थाप्रति विश्वस्त बनाउन र स्वास्थ्यकर्मीहरूलाई पनि आफ्नो सुरक्षाप्रति विश्वस्त गराउन पनि सरकारले मकवानपुर, कान्ति बाल अस्पतालका घटनाका दोषीलाई तत्काल कारबाही गर्नुपर्ने उनको भनाई छ ।


    तेस्रो आँखा