• ट्रेण्डिङ्ग :
गैह्रीगाउँ हत्या प्रकरणमा थप तीन जना पक्राउ

गैह्रीगाउँ हत्या प्रकरणमा थप तीन जना पक्राउ


  • 5.4K
    SHARES
    • भाद्र ३०, २०८० शनिबार
    • ३ बर्षs अघि
    • 8.4K Views

    गैह्रीगाउँ हत्या प्रकरणमा थप तीन जना पक्राउ

    काठमाडौं ३० भदौ/ काठमाडौं महानगरपालिका ३२ तीनकुनेस्थित गैह्रीगाउँमा शुक्रबार राति भएको हत्या प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले थप तीन जनालाई नियन्त्रणमा लिएको छ।

    images

    यसअघि धनकुटाका २४ वर्षीय दीपेन्द्र राईलाई प्रहरीले नियन्त्रणमा लिइ सोधपुछ गरिरहेको छ। राइले मध्यरातमा प्रहरीलाई खबर गर्न ट्याक्सी चढेर तीनकुने प्रहरी वृत्तमा पुगेको प्रहरीले जनाएको छ।

    मृतक परिवारनै तीनकुनेस्थित दिव्य सः मिलमा भित्र काठले बनेको एक तले जस्ताको टहरोमा बस्दै आएका थिए । सोहो टहरोमा धारिलो हतियार प्रहार भएको अवस्थामा दुई पुरुष र दुई महिलाको शव फेला परेको थियो।

    उनीहरूको टाउको तथा शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट रहेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए । अहिले प्रहरीद्वारा तालिमप्राप्त कुकुरसमेत लगी अनुसन्धान कार्य जारी रहेको बताइएको छ ।


    तेस्रो आँखा