• ट्रेण्डिङ्ग :
एसिया कपमा भारतलाई शानदार जित दिलाउने मोहम्मद सिराजको कहानी

एसिया कपमा भारतलाई शानदार जित दिलाउने मोहम्मद सिराजको कहानी


  • 3.4K
    SHARES
    • आश्विन १, २०८० सोमबार
    • ३ बर्षs अघि
    • 5.3K Views

    एसिया कपमा भारतलाई शानदार जित दिलाउने मोहम्मद सिराजको  कहानी

    काठमाण्डौं । सिया कप २०२३ को उपाधि भारतले जितेको छ । फाइनल खेलमा जितको श्रेय भारतीय फास्ट बलर मोहम्मद सिराजलाई दिइयाे । ६ विकेट लिएर श्रीलंकाको पारी ध्वस्त पारेका उनले ‘प्लेयर अफ द म्याच’को उपाधि पनि जिते ।

    images

    क्रिकेट जीवनमा यस्तो लोभलाग्दो सफलतासम्म पुग्ने सिराजको कथा भने संघर्षले भरिएको छ । सन् १९९४ मा जन्मिएका सिराजका बुबा मोहम्मद गाैस अटो चालक थिए । परिवारको आम्दानी सीमित थियो, त्यसैले सिराजले कुनै पनि क्रिकेट एकेडेमी जाने मौका पाएनन् ।

    टेनिस बलबाट लगातार बलिङ गर्दै उनले क्रिकेटको कला सिके । सुरुमा ब्याटिङमा बढी रुचि भए पनि बिस्तारै उनी बलरका रूपमा उदाए । सन् २०१५ मा हैदरावादको रणजी टिममा स्थान बनाउन सफल भए । पहिलो सिजनमै उनले उत्कृष्ट बलिङ गरेर सबैको ध्यान तानेका थिए ।

    २०१७ उनको करियरको टर्निङ प्वाइन्ट थियो । १०१७ को आईपीएल लिलामीमा, सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बैंगलोरबीच उनलाई आफ्नो टोलीमा समावेश गर्न प्रतिस्पर्धा भयो । 

    नतिजा यस्तो आयो कि सिराजले आफ्नो आधार मूल्य भन्दा १३ गुणा बढी मूल्य पाए । उनको आधार मूल्य २० लाख रुपैयाँ थियो । उनलाई सनराइजर्स हैदरावादले २.६ करोडमा किनेको थियो । 

    त्यसपछि उनले न्यूजिल्याण्डविरुद्ध भारतको टी–२० टोलीमा मौका पाए । त्यसपछि २०१९ मा, उनले अष्ट्रेलियाविरुद्ध एकदिवसीय डेब्यु गरे र अर्को वर्ष २०२०  अस्ट्रेलियाविरुद्ध टेस्ट डेब्यु गरे ।


    तेस्रो आँखा