हेटौंडा । नेपाल पत्रकार महासंघको सदस्यता शुद्धिकणविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । नेपाल पत्रकार महासंघ मकवानपुरका सदस्य समेत रहेका विरष्ठ अधिवक्ता ध्रुवप्रसाद चौँलागाईले सर्वोच्च अदालतमा असोज १ गते रिट दर्ता गरेका हुन् ।
रिट निवेदकको तर्फबाट बरिष्ट अधिवत्ताहरु केदार दाहाल, नारायाण् प्रसाद देवकोटा, अधिवक्ता आषिश उप्रेती, सम्बल चौलागाई, रौनक अर्यालले र स्वयम अधिवक्ता चौँलागाईले बहस गरेका थिए । छलफलको मिति भने भोली थाहा हुने बताइएको छ ।
