• ट्रेण्डिङ्ग :
युवतीमाथि सामूहिक बलात्कारको आरोपमा ३ जना पक्राउ

युवतीमाथि सामूहिक बलात्कारको आरोपमा ३ जना पक्राउ


  • 3.7K
    SHARES
    • आश्विन ४, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 5.7K Views

    युवतीमाथि सामूहिक बलात्कारको आरोपमा ३ जना पक्राउ

    डडेल्धुरा/ डडेल्धुरामा एक युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भागेश्वर गाउँपालिका–३ का २२ देखि २८ वर्ष उमेर समूहका युवाहरु छन् । उनीहरुसँगै सामूहिक बलात्कारमा संलग्न भएको भनिएका अर्का एक १८ वर्षीय किशोर भने फरार छन् ।

    images

    उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । २० वर्षीया एक युवतीमाथि फरक–फरक समय र स्थानमा सामूहिक बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    डडेल्धुरा प्रहरीकाअनुसार पक्राउ परेकाहरुमाथि गत वैशाख ५ गते नानिगाड खोलामा र गत वैशाख १२ गते साँझ डेकामा रहेको एउटा गोठमा लगेर युवातीलाई बलात्कार गरेको किटानी जाहेरी परेको छ । घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

     


    तेस्रो आँखा