• ट्रेण्डिङ्ग :
कांग्रेसको केन्द्रीय समितिमा ८ जना मनोनीत 

कांग्रेसको केन्द्रीय समितिमा ८ जना मनोनीत 


  • 3.8K
    SHARES
    • आश्विन ४, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 5.8K Views

    कांग्रेसको केन्द्रीय समितिमा ८ जना मनोनीत 

    काठमाडौं/ नेपाली कांग्रेसको केन्द्रीय समितिमा ८ जना मनोनीत भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिमा ८ जनालाई मनोनीत गरेका हुन् ।

    images

    सभापति देउवाले बिहीबार गुल्मीका चन्द्र भण्डारी, अर्घाखाँचीका मानबहादुर विश्वकर्मा, पर्वतका अर्जुनप्रसाद जोशी, काभ्रेका शिवप्रसाद हुमागाईं, बागलुङका किरणराज शर्मा पौडेल, रूपन्देहीका भरतकुमार शाह, कास्कीका शारदा पौडेल र पर्साका अनिलकुमार रूंगटालाई केन्द्रीय सदस्य मनोनीत गरेका हुन् । 

    ०७८ मा भएको १४ औं महाधिवेशनबाट सभापतिमा देउवा निर्वाचित भएका थिए । विधानअनुसार महाधिवेशन भएको छ महिनाभित्र ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्नुपर्ने हो। तर सभापति देउवाले १९ महिनापछि केन्द्रीय सदस्य मनोनीत गरेका हुन् ।


    तेस्रो आँखा