• ट्रेण्डिङ्ग :
हत्या गरि फालिएको अवस्थामा युवतीको शव फेला 

हत्या गरि फालिएको अवस्थामा युवतीको शव फेला 


  • 4.5K
    SHARES
    • आश्विन ५, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 7.0K Views

    हत्या गरि फालिएको अवस्थामा युवतीको शव फेला 

    बाँके/ हत्या गरेर फालिएको अवस्थामा बाँकेमा एक युवतीको शव फेला परेको छ । जिल्लाको जानकी गाउँपालिका–४ जानकी नगरस्थित कच्ची सडक छेउको पानी रहेको नालीमा युवतीको शव फेला परेको हो ।

    images

    खजुरा गाउँपालिका–७ घर भएकी २० वर्षीया माया कुम्हारको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीले जानकारी दिए ।

    ‘केही दिनदेखि मृत युवती श्रीमानसहित हराइरहेको सूचना आएको थियो, हराइरहेकी युवतीको शव शङ्कास्पद अवस्थामा भेटिएको छ । श्रीमान् भने अझै सम्पर्कमा छैनन् ।’ अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरूले मायाको हत्या गरेर सडक छेउको नालीमा फालिएको आंशका गरेका छन् ।

    फरार रहेका मृतकका श्रीमानलाई जिल्ला प्रहरी कार्यालय बाँकेले खोजी गरिरहेको छ । भने सोहीअनुसार नै घटनाको अनुसन्धान थालिएको डिएसपी डाँगीले जानकारी दिनुभएको छ।

    ‘घटनाक्रम र प्रारम्भिक अनुसन्धानले हत्या गरेको हुनसक्ने देखिन्छ । हामीले सोहीअनुसार नै अनुसन्धान अगाडि बढाएका छौ‌, पोस्टमार्टम रिपोर्टले थप केही खुल्ला, सत्यतथ्य चाँडै बाहिर ल्याउने छौ‌’, उनले जानकारी गराए ।


    तेस्रो आँखा