• ट्रेण्डिङ्ग :
छोरीलाई उखुबारीमा बाँधेर भाग्ने महिला पक्राउ

छोरीलाई उखुबारीमा बाँधेर भाग्ने महिला पक्राउ


  • 7.2K
    SHARES
    • आश्विन ६, २०८० शनिबार
    • ३ बर्षs अघि
    • 11.1K Views

    छोरीलाई उखुबारीमा बाँधेर भाग्ने महिला पक्राउ

    कञ्चनपुर/ एक वर्षीया छोरीलाई उखुबारीमा बाँधेर भाग्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ। कञ्चनपुरको पुनर्वास नगरपालिका–२ अमरैयाकी २५ वर्षीय सर्मिलालाई शनिबार बेलडाँडी गाउँपालिका– ३ वैवाहबाट पक्राउ गरेको हो।

    images

    उनलाई ईलाका प्रहरी कार्यालय बेलौरी लगिएको छ। बिहीबार बेलुका बेलौरी नगरपालिका–७ सिंहपुुरस्थित उखुबारीभित्र हात बाँधेर एक वर्षीया छोरीलाई छोडी सर्मिला भागेकी थिइन्।

    माइती घरमा बस्दै आएकी उनी घर जान्छु भन्दै छोरी लिएर निस्किएकी थिइन्। भोलिपल्ट स्थानीयले बालिकालाई उखुबारीभित्र रोइरहेको अवस्थामा फेला पारेका थिए। स्थानीय र प्रहरीले उद्धार गरेर ती बालिकालाई मावलीतर्फको हजुरआमाको जिम्मा लगाएका थिए।


    तेस्रो आँखा