• ट्रेण्डिङ्ग :
बारामा भारतीय युवकको गोली हानी हत्या 

बारामा भारतीय युवकको गोली हानी हत्या 


  • 7.3K
    SHARES
    • आश्विन १०, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 11.2K Views

    बारामा भारतीय युवकको गोली हानी हत्या 

    बारा १० असोज/ बाराको पचरौता नगरपालिका–६ लक्ष्मिनियामा एक भारतीय युवकको गोली हानी हत्या भएको छ । मंगलबार साँझ करिब ६ बजे २२ वर्षीय अजित कुमार सिंहको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको हो ।

    images

    सिंह भारतको मोतहारी जिल्लाको सुक्लहिया गाउँ निवासी भएको खुलेको छ । प्रहरीका अनुसार सिंहसँगै सोही ठाउँ बस्ने २५ वर्षीय सुजित कुमार सिंह, २४ वर्षीय चञ्चल पाण्डे, २२ वर्षीय मनिष कुमार सहानी र २० वर्षीय कामेश्वर सहानी दुईवटा अन टेस्ट मोटरसाइकलमा नेपाल प्रवेश गरेका थिए ।

    लक्ष्मिनियामा रहेको पोखरी नजिक पुगेपछि एउटै बाइक पछाडि बसेका सुजित कुमार सिंहले मृतक अजित कुमार सिंहलाई पछाडिबाट गोली प्रहार गरेका थिए । त्यसपछि अरू मोटरसाइकलमा भारततर्फ भागेका थिए । घटनास्थलबाट एक थान गोलीको खोका बरामद भएको छ । शवलाई पोस्टमार्टमका लागि नारायणी अस्पताल वीरगन्ज पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानले जानकारी दिएका छन् ।

     


    तेस्रो आँखा