• ट्रेण्डिङ्ग :
मालपोतका नासु र खरिदार घुस रकमसहित पक्राउ

मालपोतका नासु र खरिदार घुस रकमसहित पक्राउ


  • 3.6K
    SHARES
    • आश्विन १२, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 5.5K Views

    मालपोतका नासु र खरिदार घुस रकमसहित पक्राउ

    काठमाडौं/ भूमिसुधार तथा मालपोत कार्यालय, इनरुवा सुनसरीमा कार्यरत नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारी घुससहित पक्राउ परेका छन् ।

    images

    उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई १ लाख ५० हजार रुपैयाँ घुस लिएकै बेला रंगेहात पक्राउ गरेको अख्तियारले जनाएको छ ।

    जग्गा नामसारी गरेवापत सेवाग्राहीसँग उनीहरुले घुस मागिरहेको भन्ने सूचना पाएपछि गएको टोलीले इनरुवा नगरपालिका वडा नं। ३ मालपोत चोकबाट उनीहरुलाई प्रक्राउ गरेको हो । उनीहरूका सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।


    तेस्रो आँखा