• ट्रेण्डिङ्ग :
सुर्खेतको एक विद्यालयको होस्टेलमा बालक मृत फेला, विद्यालय परिसर तनावग्रस्त

सुर्खेतको एक विद्यालयको होस्टेलमा बालक मृत फेला, विद्यालय परिसर तनावग्रस्त


  • 4.8K
    SHARES
    • आश्विन १३, २०८० शनिबार
    • ३ बर्षs अघि
    • 7.4K Views

    सुर्खेतको एक विद्यालयको होस्टेलमा बालक मृत फेला, विद्यालय परिसर तनावग्रस्त

    सुर्खेत, १३ असोज । सुर्खेतको वीरेन्द्रनगरस्थित एक निजी विद्यालयको होस्टेलमा ८ वर्षीय बालक मृत फेला परेका छन् । हिजो राति ८ बजे वीरेन्द्रनगर  नगरपालिका–६ घण्टाघर नजिक रहेको उषा बालवाटिका सेकेण्डरी स्कुलको होस्टेलमा ८ वर्षीय बालक झुण्डिएको अवस्थामा फेला परेका हुन् । 

    images

    मृत भेटिएका बालक चामुण्डा बिन्द्रासैनी नगरपालिका–२ दैलेखका सलाम पुलामी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । उषा बालवाटिकामै कक्षा २ मा अध्ययनरत उनी शुक्रबार राति होस्टेलमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

    ‘घटना कसरी घटेको हो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ,’ प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले भने, ‘होस्टेलका तीनजना सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिरहेको छ ।’ उनका अनुसार पोष्टमार्टमा लागि अस्पताल लैजाने तयारी भइरहेको छ । 

    घटना शंकास्पद रहेको भन्दै आफन्तले होस्टेल बाहिर तोडफोड गरेका छन् । विद्यालय परिसरमा प्रहरी परिचालन गरिएको छ ।  आफन्तहरु घटनाको छानबिन गर्नुपर्ने भन्दै तोडफोडमा उत्रिएपछि प्रहरीले अश्रु ग्याँससमेत प्रहार गरेको छ ।


    तेस्रो आँखा