देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव

देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव


  • 2.2K
    SHARES
    • आश्विन १२, २०८३ सोमबार
    • १ महिना अघि
    • 3.4K Views

    देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव

    काठमाडौँ, असोज १४ गते । नेपाल मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । 

    images

    महाशाखाका अनुसार देशका हिमाली भूभागमा आंशिक तथा पहाडी र तराईका भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बादल लागेको छ । सोमबार राति देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने र बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

    देशका हिमाली र पहाडी भूभागका एक, दुई स्थानमा हल्का वर्षा, हिमपातको सम्भावना छ । मङ्गलबार देशभर आंशिक बादल लाग्नेछ । देशका हिमाली र पहाडी भूभागका एक, दुई स्थानमा हल्का वर्षा, हिमपातको सम्भावना छ । 

    बुधबार देशभर आंशिक बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र  सुदूरपश्चिम प्रदेशका हिमाली एक, दुई स्थानमा मध्यमसम्मको वर्षा, हिमपातको सम्भावना छ । देशको पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना तथा कोशी प्रदेशको तराई भूभागका एक, दुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

     


    तेस्रो आँखा