डोल्पा कारागारबाट सुरुङ खनेर भाागेका दुई कैदी रुकुम पश्चिममा पक्राउ

डोल्पा कारागारबाट सुरुङ खनेर भाागेका दुई कैदी रुकुम पश्चिममा पक्राउ


  • 1.1K
    SHARES
    • कार्तिक १८, २०८३ मंगलबार
    • २ घण्टा अघि
    • 1.7K Views

    डोल्पा कारागारबाट सुरुङ खनेर भाागेका दुई कैदी रुकुम पश्चिममा पक्राउ

    रुकुम पश्चिम, कात्तिक १७ गते । डोल्पा जिल्ला कारागारबाट फरार भएका दुई जना कैदीलाई रुकुम पश्चिम प्रहरीले पक्राउ गरेको छ ।

    images

    जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार कात्तिक १४ गते बिहान ६ बजे डोल्पाको ठूलीभेरी नगरपालिका–३ स्थित जिल्ला कारागारबाट फरार भएका आठ जना कैदीबन्दीको खोजी गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन् ।

    कात्तिक १७ गते बिहान करिब १०:३० बजे चौरजहारी बेस क्याम्प र प्रहरी चौकी गोतामकोटबाट प्रहरी सहायक निरीक्षक बुद्धिराम वलीको कमान्डमा खटिएको पाँच जनाको टोलीले आठबिसकोट नगरपालिका–६ दामाचौरस्थित खोली बगरमा सवारीसाधन जाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

    खोली बगरबाट राडीतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०८३१ नम्बरको डबल क्याब बोलेरो जिप जाँच गर्ने क्रममा भाग्न खोजेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । सोधपुछ तथा पहिचानका क्रममा दुवै जना डोल्पा कारागारबाट फरार कैदी रहेको खुलेपछि प्रहरी चौकी गोतामकोटमा राखिएको प्रहरीले जनाएको छ ।

    पक्राउ पर्नेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का ३२ वर्षीय रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम राना रहेका छन् । दुवै जना जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका कैदी रहेको प्रहरीले जनाएको छ ।

     


    तेस्रो आँखा