• ट्रेण्डिङ्ग :
२०८४ मा कि भ्रष्ट सकिन्छन् कि हामी सकिन्छौँ : रवि लामिछाने 

२०८४ मा कि भ्रष्ट सकिन्छन् कि हामी सकिन्छौँ : रवि लामिछाने 


  • 3.4K
    SHARES
    • आश्विन १३, २०८० शनिबार
    • ३ बर्षs अघि
    • 5.3K Views

    २०८४ मा कि भ्रष्ट सकिन्छन् कि हामी सकिन्छौँ  : रवि लामिछाने 

    घोराही, १३ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ठूला दलहरुकै वितृष्णाका कारण आफूहरु राजनीतिमा आएको र जनताले साथ दिएको बताएका छन् । 

    images

    दाङको घोराहीमा आयोजना भएको कार्यक्रममा बोल्दै सभापति लामिछानेले २०८४ को निर्वाचनमा आफूहरुको जमानत जफत हुनेगरी जनताको पक्षमा काम गर्न पनि ठूला दलहरुलाई आग्रह गरे । जनताका पक्षमा काम गर्ने र भ्रष्ट दलहरु एक ठाँउमा रहन नसक्ने भन्दै २०८४ को निर्वाचनले कि आफूहरुको कि भने ठूला भनिएका भ्रष्ट दलहरुको राजनीतिक सटर बन्द हुने पनि बताए । 

    सभापति लामिछानेले अहिले सरकारले भ्रष्टाचारको फाइल नखोलेर केही पाना पल्टाउने र बन्द गर्ने काम मात्रै गरेको टिप्पणी गरे । जनताको पक्षमा काम गर्न भनेर गएका दलहरु राष्टिय स्वतन्त्र पार्टीलाई गाली गर्न र आफ्नो लाज ढाक्नलाई मात्र समय खर्चिएको भन्दै राष्ट्रिय पार्टीको चिन्ता भन्दा जनताको समस्याका बारेमा चिन्ता लिन र काम गर्न पनि आग्रह गरे ।


    तेस्रो आँखा