• ट्रेण्डिङ्ग :
ईलेक्ट्रीकल ११ लाई खसी 

ईलेक्ट्रीकल ११ लाई खसी 


  • 5.1K
    SHARES
    • आश्विन १५, २०८० सोमबार
    • ३ बर्षs अघि
    • 7.8K Views

    ईलेक्ट्रीकल ११ लाई खसी 

    लक्ष्मण बस्नेत, तुलसीपुर/ मावि तुलसीपुर सेन्टर ईन्ट्रा स्कुल खसी कप सेभेन ए साईट  फुटबल प्रतियोगिता ईलेक्ट्रीकल कक्षा ११ ले जितेको छ । ईलेक्ट्रीकल ११ ले आयोजना गरेको प्रतियोगिताको फाईनलमा ईलेक्ट्रीकल कक्षा १२ लाई पेनाल्टी सुट आउटमा २ का बिरुद्ध ३ गोलले पराजित गर्दै ईलेक्ट्रीकल ११ ले खसी कप फुटबल जितेको हो ।  उसले २० हजार बराबरको खसी हात पार्‍यो ।

    images

    माबी सेन्टरको खेल मैदानमा भएको कडा प्रतिस्पर्धा अनि रोमाञ्चक खेलको निर्धारित समय सम्म गोल रहित बराबरी भएपछी नतिजा पेनाल्टी सुटआउट वाट निकालिएको बिद्यालयका खेलकुद शिक्षक दुर्गाराज लवटले जानकारी दिए । दुई दिनसम्म चलेको प्रतियोगितामा बिद्यालयका जनरल, आईटी, म्यानेजमेन्ट, जियोम्याटिक्स, ईलेक्ट्रीकल लगाएतका दस टिमको सहभागिता रहेको थियो ।

    यसैबिच माबी तुलसीपुर सेन्टरले यही असोज १२ र १३ बुटवलमा सम्पन्न प्रथम लुम्बिनी प्रदेश स्तरिय खुला कराते प्रतियोगितामा कास्य पदक बिजेता खेलाडी विशाल जिसि लाई सम्मान गरेको छ । मावि तुलसीपुर सेन्टरमा अध्ययनरत बिशालले ५५ केजि तौल समूह कुमुते तर्फ तेस्रो स्थान हात पारेका थिए । पछिल्लो समय बिधालय लाई खेलमैत्री बनाउन चासो र चिन्तनका साथ शसक्त लागि परेको माबी सेन्टरले खेलाडिलाई थप हौसला प्रदान गर्न बधाई तथा सम्मानका कार्यक्रम गर्ने गरेको बिद्यालयले जानकारी दिएको छ ।


    तेस्रो आँखा