• ट्रेण्डिङ्ग :
विद्यालय शिक्षा विधेयकको सैद्धान्तिक छलफल सकियो, आइतबार शिक्षामन्त्रीले जवाफ दिने

विद्यालय शिक्षा विधेयकको सैद्धान्तिक छलफल सकियो, आइतबार शिक्षामन्त्रीले जवाफ दिने


  • 4.7K
    SHARES
    • आश्विन १९, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 7.2K Views

    विद्यालय शिक्षा विधेयकको सैद्धान्तिक छलफल सकियो, आइतबार शिक्षामन्त्रीले जवाफ दिने

    काठमाडौं । विद्यालय शिक्षा विधेयक २०८० को सैद्धान्तिक छलफल सम्पन्न भएको छ । शुक्रबारको प्रतिनिधिसभा बैठकमा विधेयकमाथि सैद्धान्तिक छलफल भएको हो ।

    images

    छलफलमा सहभागी सांसदहरूले विधेयक संघीयताको मर्मविपरति आएको, सरोकारवाला पक्षसँग छलफल नभएको भन्दै प्रश्न उठाएका थिए । साथै, उनीहरूले शिक्षकहरूसँग भएको ६ बुँदे सहमति विधेयकमा कसरी समावेश गरिएको छ भन्दै प्रश्न गरे । उनीहरूले विधेयक पुनर्लेखन गरेर ड्राफ्ट गर्न माग गरे ।

    छलफलपश्चात् सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको अर्को बैठकमा शिक्षामन्त्री अशोक राईले उठेका प्रश्नहरुको जवाफ दिने जानकारी दिए । सदनको अर्को बैठक असोज २१ गते आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।


    तेस्रो आँखा