काठमाडौं/ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार विश्वासको मत लिदैछन् । जसका लागि प्रदेश सभा सचिवालय भवन, बिराटनगरमा उक्त बैठक बस्दैछ ।
बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । कार्की संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतले भदौ २२ गते मुख्यमन्त्री नियुक्ति भएका थिए । मुख्यमन्त्री भएको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने छ । तर, कार्कीले विश्वासको मत पाउने अवस्था अहिलेसम्म देखिएको छैन ।
कोशी प्रदेशमा सरकारको नेतृत्व गर्नका लागि ४७ मतको आवाश्यक पर्दछ तर, एमालेसँग जम्मा ४० मत मात्रै रहेको छ, थप मत अन्य दलवाट प्राप्त गर्नु पर्ने बाध्यतामा मुख्यमन्त्री कार्की रहेका छन्। यसअघि पनि मुख्यमन्त्री बनेका कार्कीको सरकारमा रहेका नेकपा माओवादी केन्द्र बाहिरिए पछि उनले विश्वासको मत पाउन नसकेका कारण उनी बाहिरिएका थिए ।
