• ट्रेण्डिङ्ग :
एसियाली खेलकुद : नेपाललाई कराँतेमा ऐतिहासिक रजत पदक

एसियाली खेलकुद : नेपाललाई कराँतेमा ऐतिहासिक रजत पदक


  • 2.8K
    SHARES
    • आश्विन २०, २०८० शनिबार
    • ३ बर्षs अघि
    • 4.4K Views

    एसियाली खेलकुद : नेपाललाई कराँतेमा ऐतिहासिक रजत पदक

    काठमाडौँ २० असोज/ चीनको हाङझाउमा जारी १९ औँ एसियाली खेलकुदअन्तर्गत नेपाललाई कराँते खेलमा ऐतिहासिक रजत पदक प्राप्त भएको छ । फाइनल खेलमा नेपालकी कराते खेलाडी एरिका गुरुङ पराजित भएसँगै नेपालले रजत पदकमा चित्त बुझाउनुपरेको हो ।

    images

    महिला ६८ किलो तौल समूहमा १९ वर्षीया गुरुङ फाइनलमा काजकिस्तानकी सोफ्या बेरुल्तसेभासित ३–० अङ्कले पराजित भएकी हुन् । नेपाललाई कराँतेमा एसियाली खेलकुदमा रजत पदक दिलाउने उनी पहिलो नेपाली खेलाडी बनेकी छिन् ।

    यसअघि आजै सम्पन्न सेमिफाइनलमा गुरुङले हङकङकी यान काई होलाई पराजित गरेकी थिइन् । गुरुङले यान काई होलाई ८–४ अङ्कले हराउँदै फाइनल यात्रा तय गरेकी थिइन् । आजै भएको क्वाटर फाइनल खेलमा गुरुङले जापानकी खेलाडी युजुकी सावाएलाई पराजित गरेकी थिइन् । दुवैबिचको खेल १–१ अङ्कको बराबरीमा सकिए पनि गुरुङ सेन्शु (पहिलो अङ्क जोडेको) आधारमा विजयी भएकी थिइन् ।

    योसँगै नेपालले जारी १९ औँ एसियाली खेलकुदमा दोस्रो पदक प्राप्त गरेको छ । यसअघि नेपालले महिला कबड्डीमा कास्य पदक जितेको थियो ।


    तेस्रो आँखा