• ट्रेण्डिङ्ग :
भारत लैजाँदै गरेको अवस्थामा प्रहरीद्वारा ५ जना वालिकाको उद्धार

भारत लैजाँदै गरेको अवस्थामा प्रहरीद्वारा ५ जना वालिकाको उद्धार


  • 5.4K
    SHARES
    • आश्विन २६, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 8.3K Views

    भारत लैजाँदै गरेको अवस्थामा प्रहरीद्वारा ५ जना वालिकाको उद्धार

    बारा । भारततर्फ लैजाँदै गरेको अवस्थामा ५ जना बालिकालाई बारा प्रहरीले उद्धार गरेको छ । करैयामाई गाउँपालिका–१ बाट सोमबार साँझबाट हराएका ५ बालिकाको प्रहरीले उद्धार गरी परिवारको जिम्मा लगाएको हो ।

    images

    भारतको मोतिहारी जिल्ला, पूर्वी चम्पारण ढाका थाना विक्रमपुर गाउँ बस्ने सत्यव्रत पालको छोरा १८ को कवि कुमार पालले उनीहरूलाई भारत लैजान लागेका थिए । सोही क्रममा भारतीय एक युवकले बालिकाहरूलाई उद्धार गरी जिल्ला प्रहरी कार्यालय बारा मार्फत अभिभावकको जिम्मा लगाइएको हो ।

    करैयाँमाई गाउँपालिकाबाट १३ वर्षीय १ जना १४ र  १६ वर्षका २र२ जना वालिका एकसाथ हराएपछि अभिभावकले प्रहरीमा खबर गरेका थिए । बालिकाहरूको फोटो सहित प्राप्त सूचनापछि परिचालित प्रहरीले विभिन्न विधिबाट खोजतलास गर्ने क्रममा बुधबार अपराह्न विरगजंमा बालिकाहरू फेला परेको हो ।

    प्रहरीको विशेष टोलीले खोज तलास गर्दै जाँदा पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका वडा नं १० आदर्शनगर स्थित रानीसति धर्मशाला नजिकैबाट रक्सौलतर्फ जाने क्रममा उनीहरू फेला परेको जिल्ला प्रहरीका कार्यालय बाराले जनाएको छ ।  बालिकाहरूलाई भारत लैजान खोज्ने भारतीय युवक पक्राउ गरी उनीमाथि  अनुसन्धान कार्य भई रहेको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए ।


    तेस्रो आँखा