• ट्रेण्डिङ्ग :
तीनकुने घटनाका आरोपीलाई थुनामा पठाउन आदेश

तीनकुने घटनाका आरोपीलाई थुनामा पठाउन आदेश


  • 4.2K
    SHARES
    • आश्विन २६, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 6.5K Views

    तीनकुने घटनाका आरोपीलाई थुनामा पठाउन आदेश

    काठमाडौं २६ असोज/ जिल्ला अदालत काठमाडौंले तीनकुनेमा चार जनाको ज्यान जानेगरी भएको सामूहिक हत्याको घटनामा संलग्न भएको आरोप लागेका सञ्जय भण्डारीलाई थुनामा राख्न आदेश दिएको छ ।

    images

    न्यायाधीश दीनबन्धु बरालको इजलासले भण्डारीलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नुपर्ने भनी आदेश गरेको हो । गत २९ भदौंमा तीनकुनेस्थित फर्निचर गोदाममा चार जनाको हत्या गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोकको बाह्रबीसे–९ का भण्डारी विरुद्ध मुद्दा दायर गरेको थियो ।

    घटनामा संलग्नता देखिने पर्याप्त आधार भएको भन्दै न्यायाधीश बरालले भण्डारीलाई थुनामा पठाउन आदेश गरेको, काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माले जानकारी दिए ।

    उनले विशाल राईसँग आफ्नो प्रतिशोध रहेकाले उनलाई खुकुरी प्रहार गरेको स्विकारेका थिए । त्यसक्रममा खुकुरी प्रहार भएको देखेका भुजेल परिवारका ३ जनालाई पनि आक्रमण गरेका थिए ।

     


    तेस्रो आँखा