• ट्रेण्डिङ्ग :
चालु वर्षमा १० वटा जहाज थप्ने सरकारको तयारी

चालु वर्षमा १० वटा जहाज थप्ने सरकारको तयारी


  • 2.8K
    SHARES
    • आश्विन २८, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 4.3K Views

    चालु वर्षमा १० वटा जहाज थप्ने सरकारको तयारी

    काठमाडौं, २८ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले चालु वर्षमा १० वटासम्म नेपाल वायुसेवा निगमका जहाज खरिद गर्ने बताएका छन् । आईतवार मन्त्रीनिवास पुलचोकमा सत्तारुढ दल नेपाली कांंग्रेसको विद्यार्थी संगठन (नेविसंघ) ले चाडबाडका बेलामा हुने भाडादरमा कालोबजारीलाई नियन्त्रण गर्न आग्रह गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले यस्तो बताएका हुन् । 

    images

    उनले अहिले इन्धनको भाउ बढेका कारण भाडादर बढेको भन्दै चाडवाडका बेलामा हुने कालोबजारीलाई रोक्न मन्त्रालयले सम्बन्धित निकायसँग छलफल गरी वक्तव्य जारी गर्ने बताए । उनले नेपाल वायुसेवा निगमको जहाज थपेर भाडादरमा देखिएको विसंगतिलाई बजार हस्तक्षेप गर्नु नै एकमात्र विकल्प रहेको बताए । मन्त्री किराँतीले १० वटासम्म जहाज नथपी पर्यटकहरु नेपाल नआउने दाबी गरे ।

    उनले दशैँअघिनै औपचारिक रुपमा विमान खरिद प्रक्रिया अघि बढ्ने बताए । उनले आजबाट नेपालगञ्जबाट दुर्गम क्षेत्रका लागि नेपाल एयरलाइन्सको विमान दशैँभर सञ्चालन गर्ने बताए । त्यस्तै कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पाले चाडवाडको मौका छोपी कमाउ धन्दामा लाग्नेहरुलाई सरकारले नियमन गर्नुपर्ने आवश्यकता रहेको बताए ।

    उनले भारत जान ११ हजार तर नेपालकै सुर्खेत जाँदा १६ हजारसम्मको भाडादर पर्नेकुरामा नियन्त्रण र निगरानी राख्न मन्त्री किराँतीको ध्यानाकर्षण गराएका थिए । सभापति शेर्पाले सरकारका नीति बनाउँदा विद्यार्थीमैत्री बनाउनुपर्नेमा जोड दिए ।


    तेस्रो आँखा