• ट्रेण्डिङ्ग :
बहराइनलाई पराजित गर्दै नेपाल सेमिफाइनल नजिक

बहराइनलाई पराजित गर्दै नेपाल सेमिफाइनल नजिक


  • 5.7K
    SHARES
    • आश्विन २८, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 8.8K Views

    बहराइनलाई पराजित गर्दै नेपाल सेमिफाइनल नजिक

    काठमाडौं/  एसिसी यू–१९ प्रिमियर कपमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ । जितको लागि ७८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले ११.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालको जितमा देव खनाल २७ बलमा ४ चौका र १ छक्कासहित ३२ रनमा नट आउट रहे ।

    images

    अर्जुन कुमाल ३१ बलमा ५ चौकासहित ३२ रनमा आउट भए । ओपनर दीपक बोहरा ४, उत्तमथापा मगर डक र दीपक प्रसाद डुम्रे एक रनमा आउट भए । बहराइनका अन्स ओबैद सैइदले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । बायाँ हाते युवा स्पिनर दीपेश कँडेलको घातक बलिङको सहयोगमा उक्र जित दर्ता गरेको हो । बहराइनलाई हराएसँगै नेपाल सेमिफाइनल नजिक पुगेको छ । लगातार दोस्रो जितका साथ नेपाल समूह ए को शीर्षस्थानमा छ ।

    त्यसअघि मलेसियाको बायोमास ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको बहराइन ३७।५ ओभरमा ७७ रनमा अल आउट भएको थियो । बहराइनका मोहम्मद बासिल अब्दुल हाकिमले ७७ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३४ रन बनाए । अन्य १० खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    नेपालले अन्तिम खेल बिहीबार साउदी अरेवियासँग खेल्नेछ । उक्त खेलमा विजयी भएमा सेमिफाइनलमा पुग्नेछ । प्रतियोगितामा हरेक समूहमा चार गरि चार समूह छन् । हरेक समूहका शीर्ष टोली सेमिफाइनल पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोली र तेस्रो स्थानमा रहने गरि तीन टोली एसिया कप खेल्नेछन् ।

    तेस्रो स्थानको लागि सेमिफाइनलमा पराजित हुने टोलीबीच प्रतिस्पर्धा हुनेछ । समूह ए मा नेपाल २ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा छ । साउदी अरेविया १ खेलमा २ अंकका साथ दोस्रो स्थानमा छ ।


    तेस्रो आँखा