• ट्रेण्डिङ्ग :
इजरायलमा मृत्यु भएका चार नेपालीको शव आइतबार काठमाडौं आइपुग्ने

इजरायलमा मृत्यु भएका चार नेपालीको शव आइतबार काठमाडौं आइपुग्ने


  • 2.8K
    SHARES
    • कार्तिक ४, २०८० शनिबार
    • ३ बर्षs अघि
    • 4.2K Views

    इजरायलमा मृत्यु भएका चार नेपालीको शव आइतबार काठमाडौं आइपुग्ने

    काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ ।

    images

    तेलअविवस्थित नेपाली दूतावासले सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेर चार जनाको शव आज (शनिबार) दिउँसो १ः२५ बजेको फ्लाई दुबईको उडानबाट नेपाल पठाउन लागेको जानकारी दिएको छ ।

    दूतावासका अनुसार फ्लाई दुबईकै उडन एफजेड ८३५१ मार्फत् काठमाडौंसम्म पुग्ने गरी व्यस्था मिलाइएको छ । उडान कार्यतालिका अनुसार शव कात्तिक ५ गते आइतबार बिहान काठमाडौं आइपुग्ने छ । अन्य शव पहिचानको काम भइरहेको नेपाली दूतावासले प्रेस विज्ञप्तिमार्फत् जानकारी दिएको छ ।

    यसैगरी, दूतावासले सम्पर्कविहीन रहेका विविन जोशीको खोजी भइरहेको पनि विज्ञप्तिमार्फत् जनाएको छ ।


    तेस्रो आँखा