• ट्रेण्डिङ्ग :
धादिङमा ६.१ म्याग्निट्यूडको भूकम्प, गोरखा भूकम्पकै परकम्प

धादिङमा ६.१ म्याग्निट्यूडको भूकम्प, गोरखा भूकम्पकै परकम्प


  • 5.8K
    SHARES
    • कार्तिक ५, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 8.9K Views

    धादिङमा ६.१ म्याग्निट्यूडको भूकम्प, गोरखा भूकम्पकै परकम्प

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले धादिङ केन्द्रबिन्दु भएर ६.१ म्याग्निट्यूडको भूकम्प गएको जनाएको छ।

    images

    आइतवार बिहान ७ बजेर ३९ मिनेटमा गएको भूकम्पको केन्द्रबिन्दु धादिङको खारी रहेको खानी तथा भूगर्भ विभागकी प्रवक्ता प्रवक्ता मोनिका झाले जानकारी दिइन्।

    आठ वर्ष अघि गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएको विनाशकारी भूकम्पले ती परकम्प निम्त्याएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

    पछिल्ला परकम्पबाट जनधनको क्षति भए नभएकोबारे विवरण आइसकेका छैनन्।

    सिन्धुपाल्चोक आसपास किन भूकम्प गइराख्छ ?

    करिब ४ करोड वर्षअघि इन्डियन र युरेसियन प्लेटहरू ठोक्किएर बनेको हिमालय पर्वतमालाहरू अवस्थित नेपालका लागि भूकम्प नौलौ होइन।

    सन् २०१५ मा गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर सात दशमलब ६ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको थियो।

    त्यसपछि उक्त क्षेत्रमा हालसम्म करिब ५० हजार भूकम्प गइसकेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् लोकविजय अधिकारी बताउँछन्।

    ती मध्ये अधिकांश परकम्प रहेको उल्लेख गर्दै उनले यसअघि बीबीसीसँग भनेका थिए, “गोरखा भूकम्पको शुरूदेखि नै र त्यो भन्दा अघि पनि यो क्षेत्रमा बढी भूकम्प जाने गर्छ। त्यहाँको भौगर्भिक अवस्था र त्यहाँ जमिन मुनी पूर्वदेखि पश्चिमसम्म इण्डियन प्लेटहरू उत्तरतर्फ सरिरहेको अवस्था छ। गोरखा भूकम्प पश्चिममा शुरू भएर त्यसको ‘रप्चर’ पूर्वतर्फ गयो त्यही भएर बढी गतिविधि पश्चिममा भन्दा पूर्वतर्फ नै भयो र भइरहेको छ।”

    भूकम्पका कारण जमिन मुनी चिरा परेका चट्टानहरू सर्दै सर्दै तरङ्गका रूपमा फैलिएर जान्छन्। त्यसबाट सिर्जना भएको शक्ति परकम्पका माध्यमबाट बाहिरिने गरेको भूर्गविद्हरू बताउँछन्।

    गोरखाबाट पूर्वतर्फ सरेको उक्त भूकम्पीय गतिविधिका कारण हाल सिन्धुपाल्चोक, दोलखा लगायत अति प्रभावित कतिपय जिल्लामा निरन्तर परकम्पहरू गइरहेको भूकम्पविद् अधिकारीले बताए।

    उनले भने, “गोरखा भूकम्पपछि लगभग ५० हजार भूकम्पहरू अभिलेखिकरण भए त्यसमध्ये अधिकांश परकम्प हुन्। गोरखाबाट लगभग एक सय ५० किलोमिटर पूर्व पश्चिम र लगभग ६० किलोमिटर उत्तर दक्षिणतर्फ आएका भूकम्पलाई हामीले परकम्प भन्ने गरेका छौँ।बीबीसी


    तेस्रो आँखा