• ट्रेण्डिङ्ग :
हमासको आक्रमणमा मृत्यु भएका ४ जनाको शव धनगढी लगियो

हमासको आक्रमणमा मृत्यु भएका ४ जनाको शव धनगढी लगियो


  • 3.5K
    SHARES
    • कार्तिक ५, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 5.4K Views

    हमासको आक्रमणमा मृत्यु भएका ४ जनाको शव धनगढी लगियो

    काठमाडौं, ५ कात्तिक । इजरायलमा प्यालेस्टिनी लडाकू समूह हमासको आक्रमणमा परी मृत्यु भएका नेपालीहरुमध्ये काठमाडौं ल्याएका चार जनाको शव धनगढी लगिएको छ । नेपाली सेनाको स्काई ट्रकमार्फत चार जनाको शव धनगढी विमानस्थल लगिएको नेपाली सेनाले जनाएको छ ।

    images

    दार्चुला मालिकार्जन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने तथा कैलाली बौनियाँ–३ का आशिष चौधरीको शव नेपाल आज बिहान काठमाडौँ ल्याइएको थियो । काठमाडौं ल्याइएका चारवटै शवलाई अपराह्न नेपाली सेनाको हेलिकप्टरमार्फत धनगढी पठाइएको हो ।

    उनीहरू शवलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा रहेको नेपाली सेनाको गणमा श्रद्धाञ्जली अर्पण गरिएको थियो । परराष्ट्रमन्त्री एनपी साउद, नेपालका लागि इजरायली राजदूत लगायतले श्रद्धाञ्जली अर्पण गरेका थिए ।

    इजरायलस्थित नेपाली राजदूतावासका अनुसार अन्य ६ जना नेपालीको शव भने पहिचान गर्ने र पठाउने प्रक्रिया पूरा गर्न केही दिन लाग्ने भएको छ ।

    कृषि विषय पढ्दै कमाउँदै गर्न इजरायलमा पुगेका नेपाली विद्यार्थीहरु गत असोज २० गते हमासले गरेको आक्रमणमा परेका थिए । आक्रमणमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भए पनि एक जना विपिन जोशीको अवस्था भने अझै अज्ञात छ ।


    तेस्रो आँखा