• ट्रेण्डिङ्ग :
नेपाललाई यूएईले दियो १६५ रनको लक्ष्य

नेपाललाई यूएईले दियो १६५ रनको लक्ष्य


  • 4.6K
    SHARES
    • कार्तिक ६, २०८० सोमबार
    • ३ बर्षs अघि
    • 7.0K Views

    नेपाललाई यूएईले दियो १६५ रनको लक्ष्य

    काठमाडौं, ६ कात्तिक । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० शृङ्खलामा यूएईले नेपाललाई जितका लागि १६५ रनको लक्ष्य दिएको छ । टस जितेर नेपालले पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको यूएईले ७ विकेट गुमाएर १६४ रन बनाएको हो ।

    images

    यूएईका लागि वृत्य अरविन्द र बासिल हमीदले समान ४५/४५ रन बनाए । यस्तै आसिफ खान १८, खालिद शाह १२, अलिशान शराफु ९,  अल नासिर ९  र मोहम्मद वासिम ८ रन बनाएर आउट भए ।

    निलान्स केश्वानी ८ र  अकिफ राजा ५ रनमा अविजित रहे ।नेपालका सोमपाल कामी र अविनाश बोहोराले २/२ विकेट लिए भने करण केसी र गुल्शन झाले एकरएक विकेट लिए ।


    तेस्रो आँखा