• ट्रेण्डिङ्ग :
यूएईलाई १९ रनले हराउँदै नेपालले जित्यो यू-१९ प्रिमियर कपको उपाधि

यूएईलाई १९ रनले हराउँदै नेपालले जित्यो यू-१९ प्रिमियर कपको उपाधि


  • 3.7K
    SHARES
    • कार्तिक ७, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 5.7K Views

    यूएईलाई १९ रनले हराउँदै नेपालले जित्यो यू-१९ प्रिमियर कपको उपाधि

    काठमाडौं ७ कात्तिक/ नेपालले यूएईलाई १९ रनले हराउँदै यू-१९ प्रिमियर कपको उपाधि जितेको छ । मलेसियाको क्वालालाम्पुरस्थित बायोमास ओभलमा भएको खेलमा डकवर्थ लुइस मेथडमा १९८ रनको लक्ष्य पाएको यूएईले २६.५ ओभरमा अलआउट हुँदै १७८ रनमात्रै बनाएपछि नेपाल १९ रनले विजयी भएको हो ।

    images

    टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर यूएईलाई २८१ रनको लक्ष्य दिएको थियो । तर,  खेल वर्षाका कारण प्रभावित हुँदा २७ ओभरमा छोट्याएर डकवर्थ लुइस मेथडमा नयाँ लक्ष्य निर्धारण गरिएको थियो ।

    उक्त लक्ष्य पछ्याउने क्रममा यूएईका ध्रुव परशरले ५९, आर्यान्स शर्माले ३२, कप्तान आयन अफ्जल खानले ३०, ययिन किरण राईले १७ रन बनाए । अन्य ब्याटरले दोहोरो अंक बनाउन सकेनन् । नेपालका बलर आकाश त्रिपाठीले ४, सुवाश भण्डारीले ३, आकाश चन्दले २ र हेमन्त धामी एक विकेट लिए ।


    तेस्रो आँखा