• ट्रेण्डिङ्ग :
सिंगापुरलाई ८ विकेटले हराउँदै टी–२० विश्वकपमा नेपालको विजयी सुरुवात

सिंगापुरलाई ८ विकेटले हराउँदै टी–२० विश्वकपमा नेपालको विजयी सुरुवात


  • 3.0K
    SHARES
    • कार्तिक १३, २०८० सोमबार
    • ३ बर्षs अघि
    • 4.7K Views

    सिंगापुरलाई ८ विकेटले हराउँदै टी–२० विश्वकपमा नेपालको विजयी सुरुवात

    काठमाडौं १३ कात्तिक/ टी–२० विश्वकप फाइनल एसियामा नेपालले सुखद सुरुवात गरेको छ । सोमबार भएको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरमाथि ८ विकेटको जित हात पारेको हो ।

    images

    त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले कुशल भुर्तेलको अर्धशतकको मदतमा १६.३ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको थियो ।

    नेपालको जितमा कुशल भुर्तेलले ७४ रन योगदान गरे । यसैगरी आसिफ शेखले २७ रन बनाए । कप्तान रोहित पौडेल ३५ र कुशल मल्ल ६ रनमा नटआउट रहे ।


    तेस्रो आँखा