• ट्रेण्डिङ्ग :
स्रोत नखुलेको २१ लाख ८७ हजारसहित बालक पक्राउ

स्रोत नखुलेको २१ लाख ८७ हजारसहित बालक पक्राउ


  • 2.4K
    SHARES
    • कार्तिक १५, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 3.7K Views

    स्रोत नखुलेको २१ लाख ८७ हजारसहित बालक पक्राउ

    सुनसरी, १५ कात्तिक । मोरङको विराटनगर–६ बाट स्रोत नखुलेको रकम सहित एक बालक पक्राउ परेका छन् । प्रहरीले विराटनगर–६ शनि मन्दिरबाट १६ वर्षीय नावालकले पछाडि भिर्ने कालो झोलामा बोकी ल्याउँदै गरेको अवस्थामा स्रोत नखुलेको नेपाली रुपैँया नगद २१ लाख ८७ हजार सहित उनलाई पक्राउ गरेको हो ।

    images

    कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको चाडपर्व बिशेष सुरक्षा योजना अनुसार प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समुहबाट परिचालन भएको प्रहरी टोलीले बिशेष सूचनाको आधारमा उनलाई पक्राउ गरेको जनाएको छ ।

    बालकको साथबाट नेपाली रुपैँया एक हजार दरको १६८७ थान र पाँच सय दरको १ हजार थान नगद, बलराम केसरीको नाममा रहेको कुमारी बैंक लिमिटेडको एक थान चेकबुक, रन्जित कुमार साहको नाममा रहेको एनआइसी एसियाको चेकमा उमेश कुमार भगतको नाममा ८६ हजार ८ काटिएको एक थान चेक, ग्लोबल आईएमई बैक लिमिटेडमा विभिन्न मितिमा१६ लाख ६९ हजार ५ सय रुपैँया जम्मा गरेको रसिद ४ थान र उनले प्रयोग गरेको प्रदेश १–०२–०४३ प ६२४१ नम्बरको पल्सर मोटरसाईकल समेत बरामद गरेका जनाएको छ ।

    स्रोत नखुलेको रकम सहित पक्राउ परेका उनको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


    तेस्रो आँखा