• ट्रेण्डिङ्ग :
गाजा शरणार्थी शिविरमा भएको आक्रमणको निन्दा

गाजा शरणार्थी शिविरमा भएको आक्रमणको निन्दा


  • 2.8K
    SHARES
    • कार्तिक १६, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 4.4K Views

    गाजा शरणार्थी शिविरमा भएको आक्रमणको निन्दा

    काठमाण्डौ । संयुक्त राष्ट्रसंघले गाजाको सबैभन्दा ठूलो शरणार्थी शिविरमा आक्रमण गरी सर्वसाधारणको मृत्यु भएको भन्दै भर्त्सना गरेको छ।संयुक्त राष्ट्रसंघका मानवीय सहायता प्रमुख मार्टिन ग्रिफिथ्सले एक वक्तव्य जारी गर्दै भनेका छन्, ‘गाजाका जनतामाथि परेको यो पछिल्लो ज्यादती हो, जहाँ युद्ध अझ डरलाग्दो चरणमा प्रवेश गरेको छ।’

    images

    यसैबीच, इजरायलले गाजाका हमास शासकविरुद्ध लिएको कदमको विरोधमा जोर्डनले आफ्नो राजदूतलाई तत्काल फिर्ता बोलाउने बताएको छ।

    ंजोर्डनका विदेशमन्त्री अयमान सफादीले इजरायलका लागि जोर्डनका राजदूतलाई तत्काल फिर्ता बोलाउने निर्णय गर्नुभएको छ’, विदेश मन्त्रालयले भनेको छ, ‘गाजामा निर्दोष मानिसको ज्यान लिने इजरायली युद्धको निन्दा गर्न यो कदम चालिएको हो।’


    तेस्रो आँखा