• ट्रेण्डिङ्ग :
पश्चिमी वायुको आंशिक प्रभाव, वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको आंशिक प्रभाव, वर्षा र हिमपातको सम्भावना


  • 3.0K
    SHARES
    • कार्तिक १६, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 4.7K Views

    पश्चिमी वायुको आंशिक प्रभाव, वर्षा र हिमपातको सम्भावना

    काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागको मौसम सामान्यतया सफा छ ।

    images

    जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । 

    पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    विभागले राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जनाएको छ ।


    तेस्रो आँखा