काठमाडौं १६ कात्तिक/ आईसीसी टी-२० विश्वकप छनोटमा नेपालले आज ओमानसँग खेल्दै छ । खेल बिहान ९ बजे टीयू क्रिकेट मैदानमा सुरु हुनेछ । समूह ‘ए’मा रहेका दुवै टीम सेमिफाइनल प्रवेश गरिसकेका छन् ।
यो खेलले समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ । समूहका अघिल्ला खेलमा दुबै टोलीले सिंगापुर र मलेसियालाई पराजित गरेका थिए । टी-२० आईमा नेपाल र ओमानबीच चार खेल भएको छ । जसमा नेपाल तीन र ओमान एक खेलमा विजयी भएको छ । आजै हुने समूह ‘ए’को अन्तिम खेलमा समूह मलेसिया र सिंगापुर प्रतिस्पर्धा गर्दै छन् ।
प्रतियोगिताबाट बाहिरिसकेका दुवैका लागि सुखद अन्त्य गर्ने मौका हो । आज नै यूएई र हङ्गकङ तथा बहराइन र कुवेत पनि आमनेसामने हुनेछन् । यो खेलपछि मात्र समूह ‘बी’बाट अन्तिम चारमा पुग्ने टिमको टुंगो लाग्नेछ ।
