• ट्रेण्डिङ्ग :
ओमानले नेपाललाई दियो १४६ रनको लक्ष्य

ओमानले नेपाललाई दियो १४६ रनको लक्ष्य


  • 2.4K
    SHARES
    • कार्तिक १६, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 3.6K Views

    ओमानले नेपाललाई दियो १४६ रनको लक्ष्य

    काठमाडौं १६ कात्तिक/ टी–२० विश्वकप एसिया छनोट फाइनलमा ओमानले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । त्रिवि क्रिकेट मैदान,कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाउन सक्यो ।

    images

    नेपालका करण केसीले ३ विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले २/२ विकेट हात पारे । गुल्शन झा र अविनाश बोहोराको नाममा एकरएक विकेट रह्यो । ओमानका कप्तान जिसन मक्सदले ३२, नसिम खुसीले २५, प्रतीक अथावालेले २४ रन र सकिल अहमेदले २२ रन जोडे । अरु ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् ।


    तेस्रो आँखा