• ट्रेण्डिङ्ग :
नेपाल ओमानसँग पाँच रनले पराजित

नेपाल ओमानसँग पाँच रनले पराजित


  • 4.7K
    SHARES
    • कार्तिक १६, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 7.2K Views

    नेपाल ओमानसँग पाँच रनले पराजित

    काठमाण्डौ  १६ कात्तिक/ आईसीसी टी–२० विश्व कप एसिया क्षेत्र छनोटको फाइनल खेलमा ओमानले नेपाललाई पाँच रनले हराएको छ ।

    images

    त्रिवि मैदान कीर्तिपुरमा भएको खेलमा ओमानले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले २० ‍ओभरमा १ सय ४० रन बनाएर अल आउट भयो । जितसँगै ओमान समूह विजेता बनेको छ । पराजित नेपालले समूहको उपविजेता रहँदै सेमिफाइनलमा यूएईसँग खेल्नेछ । 

    नेपालका लागि विवेक यादवले सर्वाधिक ३९ रन बनाए । कुशल भुर्तेलले २६, करण केसीले १५ रन बनाए भने कप्तान रोहित पौडेल, सोमपाल कामी र सन्दीप जोराले समान १२र१२ रन बनाए । 

    बलिङतर्फ नेपालका करण केसीले ३ विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेले २र२ विकेट लिए भने गुल्शन झा र अविनाश बोहोराले एकरएक विकेट लिए । ओमानका कप्तान जेसन मक्सदले सर्वाधिक ३२ रन जोडे । यस्तै, नसिम खुशीले २५, प्रतीक अथावाले २४ रन र सकिल अहमेदले २२ रन जोडे । अरु ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् । 


    तेस्रो आँखा